तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

रौतहट । रौतहटमा गए राती धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या भएको छ ।

रौतहटको मध्ये भागमा पर्ने गरुडा नगरपालिका–८ जिंगडिया निवासी १७ वर्षीय निरञ्जन राम चमारको धारिलो हतियारले घाटी काटेर हत्या भएको हो ।

उनी दलित समुदायका हुन । हत्या गरिएका चमारको आफ्नो घर बस्तीभन्दा तीन सय मिटर पर शव भेटिएको हो ।

उनको हत्या कसले गरेको हो अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button