तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा नौ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

 नेपालगञ्ज  । बाँकेमा आज नौ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।

नेपालगन्जस्थित आदर्श नगर आइसोलेसनबाट छ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट दुई जना र धनगढी आइसोलेसनबाट एक जना निको भई डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना निको हुनेको सङ्ख्या चार सय ४४ पुगेको छ । अब आइसोलेसनमा बाँकेका दुई सय ५९ र अन्य जिल्लाका सात जना गरी दुई सय ६६ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button