तपाईँ सुन्दै हुनुहुन्छः

सात जुवाडे नगदसहित पक्राउ

बारा । बारा प्रहरीले सात जना जुवाडेहरूलाई नगदसहित सिमराबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सूर्य बहादुर राणा मगरको नेतृत्वमा गएको टोलीले शनिवार होटेल सगुनको तेस्रो तल्लाबाट कौडा खेलिरहेको समयमा उनीहरूलाई पक्राउ गरेको थियो ।

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले जुवा खेलिरहेको समयमा १६ थान कोडासहित खालबाट नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ बरामद गरेको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ बस्ने वर्ष ५१ का मान बहादुर लोप्चन , सोही ठाउँ बस्ने वर्ष ४२ का मान बहादुर गुरुङ ,परवानीपुर गाउँपालिका वडा नं.८ बस्ने वर्ष ३७ का जयराम दास ,कलैया उपमहानगरपालिका वडा नं.२ बस्ने वर्ष ३५ का विनोद प्रसाद यादव , जिल्ला सर्लाही बागमती नगरपालिका वडा नं.१ बस्ने वर्ष ४१ का तारा कुमार श्रेष्ठ , जिल्ला सल्यान बढीमालिक नगरपालिका वडा नं.८ बस्ने वर्ष ३२ का भुवन चन्द र जिल्ला सिन्धुपाल्चोक बस्ने बाह्रविसे नगरपालिका वडा नं.७ का वर्ष २५ का पदम नेवार रहेका छन् ।

जुवाडेहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button