भदौ १ गतेबाट सिन्धुपाल्चोकमा लकडाउन गरिने
सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै सिन्धुपाल्चोकमा भदौ १ गतेबाट लकडाउन गरिने भएको छ ।
आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले भदौ १ बाट एक सातासम्मको लागि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुुभयो ।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरिएको उहाँले बताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्