तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा ६४ कोरोना संक्रमित डिस्चार्ज

A view of Narayani Hospital, a corona special temporary hospital in Birgunj Metropolitan City of Parsa district, on Friday, August 7, 2020. Photo: Ram Sarraf/THT

वीरगञ्ज । वीरगञ्जमा बिगत चौबिस घण्टा यता कोरोना निकोभई ६४ जना डिस्चार्ज भएका छन् ।

केहि दिन अघी संक्रमित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, कारागारका प्रमुख श्रवण कुमार पोखरेल, वीरगञ्ज महानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानु सहित आज अपरान्ह ३६ जना डिस्चार्ज भएका छन् भने यसअघि हिजो साँझ पत्रकार क्रान्ति साह, वीरगञ्ज महानगरपालीका वाडा नम्बर ११ का अध्यक्ष रामदरस कुशवाह सहित २८ जना डिस्चार्ज भएका थिए ।

विरगंज हेल्थ केयर अस्पतालको आईशोलेशनमा रहेका ६४ जना संक्रमितहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हिजो साँझ र आज गरी डिस्चार्ज गरिएको अस्पतालका संचालक डा अबुल ह्यस अन्सारीले जानकारी दिनुभयो ।

पछिल्लो समय वीरगञ्जमा २४ घण्टामा ६४ जना डिस्चार्ज भएपछि कोरोना संक्रमितहरु निको भई घर फर्किनेहरुको दर समेत बढ्दै गएको डाक्टर अन्सारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button