प्रदेश २ का ३ जिल्लामा संक्रमितको संख्या पाँचसय नाघ्यो
जनकपुरधाम । प्रदेश नंं २ को ६ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय कोरोनाका संक्रमितहरु रहेका छन् । यसमा पनि तीन वटा जिल्लामा त ५ सय भन्दा बढी कोरोनाका सक्रिया संक्रमित रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश नंं २ को पर्सा जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या ८ सय ७२ जना पुगेको छ । यसै गरी रौतहट जिल्लामा पनि ६ सय २४ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झा ले जानकारी दिनु भएको छ ।
यसैगरी, महोत्तरी जिल्लामा पनि संक्रमितको संख्या ६ सय १६ रहेको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख रहेको छ ।
यसैगरी, दुई सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित हुनेमा धनुषा, सर्लाही तथा सप्तरी जिल्ला रहेका छन् । धनुषामा ३ सय १५ जना, सर्लाहीमा २ सय २७ जना सप्तरीमा २ सय ७ जना कोरोनाका सक्रिय संक्रमित बिरामीहरु उपचारमा रहनु भएको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा कम संक्रमित हुने जिल्लामा सिरहा रहेको छ । सिरहामा आईसोलेशन तथा होम आईसोलेशनमा गरेर ४५ जना मात्र रहेका छन् ।
बारामा पनि संक्रमितको संख्या १ सय ३२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ । यी दुई जिल्लामा पि सि आर परीक्षण पनि कम भएको तथ्यांक रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्