डिभिजन वन कार्यालय बाराद्वारा तीन टायर गाडासहित काठ बरामद
बारा । डिभिजन वन कार्यालय बारा, सिमराले तीन टायर गाडासहित काठ बरामद गरेको छ ।
विशेष सुराकीको अधारमा वन कार्यालय सिमराबाट जमदार नागेन्द्र बैठाको नेतृत्वमा गएको टोलीले बारा र रौतहटको सिमाना सिम्रीबाट उक्त काठ बरामद गरेको हो ।
बरामद काठमा दुई थान १५ क्युफिटको सालको काठ र पाँच थान बाँझी जातको रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।
बरामद ३३ क्यफीट काठ वन कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । मानिस र राङगा, गोरु फरार रहेकाले खोजी कार्य भईरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्