तपाईँ सुन्दै हुनुहुन्छः

मकैमा कृषकलाई प्रतिकेजी १५ प्रतिशत अनुदान

स्याङजा । स्याङजाको फेँदिखोला गाउँपालिकाले मकै बिउ उत्पादक कृषकलाई यसवर्ष गत वर्ष भन्दा बढी अनुदान दिने भएको छ ।

गाउँपालिकाले गत वर्ष प्रतिकेजी १० प्रतिशत अनुदान दिएको थियो भने यस वर्ष १५ प्रतिशत दिईने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ देखि मकै बिउ उत्पादन पकेट क्षेत्र मार्फत मकै खेति गरेको छ । वडा नं. ४ को आरुखर्क जसैडाँडामा २३० रोपनी क्षेत्रफलमा बिउ मकै खेति गरिँदै आईएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

गत वर्ष पकेट बिउ उत्पादन क्षेत्रमा १६ मेट्रिक टन मकै उत्पादन भएको थियो भने यस वर्ष ४० प्रतिशत उत्पादनमा बृद्धि भएको कृषि प्रविधिकले बताएका छन । यस वर्ष झण्डै २१ मेट्रिक टन बिउ मकै उत्पादन हुने कृषि प्रविधिकको आंकलन छ ।

जैसीडाँडा कृषक समुह गठन गरी त्यहाँका ४० घरधुरी मकै बिउ उत्पादनमा लागेका हुन । पालिका अध्यक्ष सुवेदीले भन्नुभयो, ‘यसवर्ष बिउ मकै उत्पादन बढेको छ । यतिबेला कृषक बारीका मकै संकलन गर्नमा व्यस्त हुनुहुन्छ । मकै भण्डारणका लागी आवश्यक खाद्य सुरक्षाका लागी पालिकाले व्यवस्था गरेको छ ।’

कृषकले उत्पादन गरेका मकै टिनको भाँडामा भण्डारण गर्छन । रोग किराबाट बचाउन आवश्यक किटनासक औषधी मिलाएर भण्डारण गर्ने र फाल्गुन महिनामा प्याकेजीङ गरेर पालिकाले बजारीकरणको व्यवस्था गरिदिन्छ ।

पालिका र समुहको लोगो राखेर १ देखि १० किलोसम्मका प्याकेटहरु बनाईने र विक्रि गर्ने गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । पछिल्लो समय पालिकाले नै ढुवानी खर्च दिने, प्रतिकिलो अनुदान दिने गर्न थालेपछि कृषक थप उत्साहित बनेका छन ।

गत वर्ष ३० लाखको बिउ मकै उत्पादन भएकोमा यस वर्ष समयमै वर्षात, आवश्यक गोडमेल, मल, प्रर्याप्त जनशक्तिका कारण उत्पादनमा बृद्धि भएको हो । मनकामना जातको मकैको बिउ कृषकले उत्पादन गर्दै आएका छन ।

यहाँ उत्पादन भएको मकैको बिउ स्याङजासंगै गुल्मी, पाल्पा, पर्वत, कास्की तनहुँमा समेत विक्रि हुँदै आईरहेको छ । पालिको विभिन्न जिल्लामा कृषि ज्ञानकेन्द्रसंगको समन्वयमा बजारीकरण गदैृ आईरहेको हो ।

बिउ मकै प्रतिकेजी ६५ रुपैँयाका दरले विक्रि गर्दै आइएको मकै उत्पादक कृषक समुहले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button