तपाईँ सुन्दै हुनुहुन्छः

शनिबार प्रदेश १ मा ८६ कोरोना संक्रमित थपिए 

सुनसरी । शनिबार प्रदेश १ मा ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङका ६४ सुनसरीका १९ तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालय अनुसार विराटनगरमा ४० जनासहित मोरङको रंगेलीमा ३ महिला ६ पुरुष धनपालथानमा ५ महिला जहदामा १ महिला २ पुरुष सुन्दरहरैचामा २ पुरुष बुढीगंगामा १ महिला १ पुरुष ग्रामथान सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष रामधुनीमा ५ पुरुष बर्जुमा ३ पुरुष तेह्रथुमको म्याङलुङ ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबारसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९०७ पुगेको पछिल्लो २४ घण्टामा १ हजार ९४८ स्वाब नमूनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा ६४ हजार ५९९ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button