तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा पानीको बहाब बढेपछि आवतजावतमा कठिनाइ

बाजुरा । लगातर वर्षा र नदीमा पानीको बहाब बढेपछि कर्णाली नदीमा रहेका झोलुंगे पुल माथि पानी बग्न थालेको छ ।

पुल माथि नै पानी बग्न थालेपछि आवतजावतमा कठिनाई भएको स्थानीय अनिल शाहीले बताउनुभयो । कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधै जसो बर्षातको समयमा जोखिममा पर्ने गरेको छ ।

पुलको दुबैतिर रहेको वाल समेत भत्कने अवस्थामा रहेको स्थानीय शाहीको भनाइ छ ।

पुल नै बगाउने होकी भन्ने चिन्ताले पुल तर्न निकै समस्या भएको स्वामीकार्तिक गाँउपालिकाका अध्यक्ष चिरिन्जीवि शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button