तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध मुद्दाका फरार व्यक्ति पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्दाका फरार व्यक्ति पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा संलग्न रही फरार रही कानूनको म्याद समेत गुजारी लुकीछिपी बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ तिलेचौर बस्ने वर्ष ३२ को गंगा बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले खोजतलास गर्ने क्रममा गत साउन ३० गते दिउसो घरमै लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेको छ ।

गत २०७४ फागुन १४ गते सोमबार दिउसो जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ५ चिल्लीचौरमा लागुऔषध डाईजेपाम ३२ एम्पुल, फेनरागनको शिशी ३४ एम्पुल र नुफिनको शिशी ३७ एम्पुल सहित सोहि वडा बस्ने वर्ष २७ को रबि गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button