तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण बढेपछि कोहलपुर ६ दिन पूर्णरुपमा बन्द

नेपालगन्ज। समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बाँकेको कोहलपुर नगरपालिका भोलिदेखि पूर्णरुपमा बन्द गरिने भएको छ । आज नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले भोलिदेखि भदौ ५ गते राति १२ बजेसम्म कोहलपुर पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै भोलिदेखि भदौ ५ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button