तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा पहिरोको स्थलगत अवलोकन

 

सिन्धुपाल्चोक । लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली पुगेको छ । हेलिकप्टरमार्फत पौड्यौलसहितको टोली लिदी पुगेको हो ।

मुख्यमन्त्री पौडेल सहित सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति शरेस नेपाल लगायतको टोली पहिरो स्थल पुगि घटना स्थलको अवलोकन गरेको हो ।

प्रदेशवाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
त्यँहा क्षती भएका र अन्य गरी १ सय ७२ घरधुरीलाई अहिले अस्थाइ रुपमा नजिकै सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको र तत्काल यस कार्य गरिने बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । त्यस्तै दिर्घकालिन रुपमा स्थानीय ,प्रदेश र संघिय सरकारको समन्व्यमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उहाँले बताउनुभयो ।

उक्त पहिरोमा परि हालसम्म १२ जनाले ज्यान गुमाइसेका छन् भने अझै २६ जना बेपत्ता छन् ।बागमती प्रदेश सरकारले बाढी पीडितलाई सुरक्षित स्थानमा पुरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
०७२ को भूकम्पले क्षतविच्छत भएको लिदीलाई पुनर्निर्माण प्राधिकरणले यसअघि नै बस्न अयोग्य घोषणा गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button