मुख्यमन्त्री नेतृत्वको टोलि सिन्धुपाल्चोकको लिदि आउँदै

सिन्धुपाल्चोक – शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेकाको उद्धार एबम प्रभावित क्षेत्रको अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज सिन्धुपाल्चोक आउर्नु हुने भएको छ ।
टोलीमा मुख्यमन्त्री पौडेल सहित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा बिकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचीव मानबहादुर बीके लगायत हुनुहुन्छ ।
बस्तिलाइ थप जोखिमबाट बचाउन र पुनर्निर्माण को संभावना अध्यन समेत गर्नका निमित्त प्रदेशका सबै निकायलाई उक्त पहिरो प्रभावित क्षेत्र लिदि जान लागिएको पुर्वमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।स्थानीय तहको समन्वय र पीडितले चाहेमा प्रदेश सरकारले उपयुक्त स्थान उपलब्ध भएको खण्डमा उक्त ठाउमा एकीकृत बस्ति समेत बनाउने तयारी गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्