तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक पहिरो : मृत्यु भएका ११ को सनाखत, अन्यको खोजी कार्य जारी

सिन्धुपाल्चोक । शुक्रवार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परि मृत्यु मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार मृत्यु हुनेमा पुरुष २ जना , महिला ४ जना, बालबालिका ५ जना छन् । पहिरोमा परेका २७ जना अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा पिर्ती दोङ, धन माया दोङ, टीका माया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानू दोङ, जय बहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, र रिमेक्स दोङ रहेका छन् ।

आज बिहानै बाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button