गृहमन्त्री सिन्धुपाल्चोक पहिरो स्थलमा, ११ जनाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर सिन्धुपाल्चोक पुग्नु भएको छ ।
ठुलो मानवीय क्षति पु¥याएको लिदी पहिरोको निरीक्षण गर्न उहाँ त्यहाँ पुग्नु भएको हो । गृहमन्त्री थापा दिउँसो तीन बजे हेलिकप्टरमार्फत पहिरो स्थल पुग्नुभएको हो ।
पहिरो स्थलमा गृहमन्त्री रामबहादुर थापा सहित उच्च सरकारी टोलीहरु पुगेका हुन् । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट १५ हजार सहयोग मन्त्री थापाले पीडितहरुलाई हस्तान्तरण गर्नुभयो । मन्त्री सहितको टोलीले खाद्यान, लताकपडा लगायतका आवश्यक सामग्री पहिरो पीडितहरुलाई दिएका थिए ।
हेलिकप्टरबाट सदरमुकाम पुगी त्यहाँबाट सुरक्षा अधिकारी बोकेर लिदी जानुभएको हो । उहाँ पहिरो स्थलको निरीक्षण गर्न आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।
११ जनाको शव फेला
जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २७ वेपत्ता छन् ।
नेपाली सेना, प्रहरी र स्थानीयले पहिरो हटाएर शब निकालेका हुन् । पानी परेकाले उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्