तपाईँ सुन्दै हुनुहुन्छः

झारफुक गर्ने बहानामा बलात्कार गर्ने पक्राउ


सल्यान । झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यानमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका–८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा बिहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी भाउजुलाई भगवती र आफु शिब भगवान बनाएर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

आँफु बिरामी भएको र देउरले आफुले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडितले बताइएको प्रहरीले जनाएको छ । शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

पिडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button