तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरमा आज राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी

चितवन । चितवनमा दिन प्रतिनिदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै गएपछि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले जानकारी जानकारी दिनुभयो । एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

आज शुक्रवार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरूसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमित भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदाय स्तरमै फैलिएको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

बिहीबार साँझ भरतपुरका नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button