मेचीनगरमा एक सय ७५ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन

भद्रपुर, झापा । स्थानीय आम्दा मेची अस्पतालका डाक्टर र घर बिदामा बसेका अख्तियारका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि झापा मेचीनगरको दुई स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी एक सय ७५ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।
मेचीनगरमा एकै दिन धेरै सङ्ख्यामा स्वाब सङ्कलन गरिएको यो पहिलो घटना हो । धुलाबारीको आम्दा मेची हस्पिटल र प्याराभिट्टामा गरी दुई स्थानमा स्वाब सङ्कलन गरिएको थियो ।
मेचीनगरको स्वास्थ्य शाखाले जनाए अनुसार आम्दाका एक डाक्टरमा कोरोना पुष्टि भएपछि उनको परिवार, हस्पिटलका स्वास्थ्यकर्मी, हस्पिटलमा जँचाउन आएका बिरामी र उनका परिवारसहित ९७ जनाको स्वाब सङ्कलन गरिएको छ भने प्यारीभिट्टामा घर बिदामा बसेका अख्तियारका कर्मचारीको परिवार र उनका छरछिमेकको गरी ७८ जनाको स्वाब सङ्कलन गरिएको छ ।
मेचीनगरमा हालसम्म दुई हजार सात सय ४७ जनाको स्वावकोे नमुना सङ्कलन भइसकेको छ । त्यो सङ्ख्यामा एक सय एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएकोमा ७८ जना निको भएर घर फर्किसकेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्