तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको जुगलमा पहिरो : ३८ जना बेपत्ता, ३५ घरमा क्षति, आठ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।

पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते भएका जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।  घाइते मध्ये चार जनाको चौतारा र गम्भीर घाइते एक जनाको काठमाडाँैमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् । पहिरोले पुरिएकाहरूको खोजी सुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका रहेका छन् ।

अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार पहिरोमा बेपत्ता हुनेहरू (नामावलीसहित)
१.छबीलाल दोङ,
२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५.विवरानी दोङ
६.साइली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ती
१२.जिते झाक्री
१३.सानुकान्छी दोङ(गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८सानु दोङ
१९.टिकामाई दोङ
२०.छिरीङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रिती दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनीस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुस दोङ
३७.सुवास तामाङ
३८.टिकामाई दोङ

प्रतिक्रिया राख्नुहोस्

Back to top button