तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटमा महावैमा पहिरोले घर पुरिदा एकै घरका ६ जनाको मृत्यु

कालिकोट । गए रातिको अविरल वर्षाका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुरिदा एकै घरका छ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर महावै गाउँपालिका वडा नं ३ का निर्वाचित वडा सदस्य समेत रहेका रजबहादुर बिष्टको घर भँित्कदा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीया सविना विष्ट , १५ वर्षीय आशा विष्ट तथा सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको मृत्यु भएको हो ।

पहिरोले महावै गाउँपालिकाको नकु गाउनै जोखिममा रहेको नेकपाका नेता चित्रसिह गाउँलेले जानकारी दिनुभयो ।

यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालिकाको वडा नं १ को धारी भन्ने ठाउँमा पहिरोले घर भत्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button