प्रम ओली र अध्यक्ष प्रचण्डबीच आज पनि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न आज पनि छलफल भईरहेको छ ।
हिजो बिहिबार अध्यक्षद्वयबीच भएको छलफल पार्टीको आन्तरिक समस्या समाधान गर्ने गरी सकारात्मक दिशामा अघि बढेपछि आज पनि छलफलले निरन्तरता पाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा नेकपाका महासचिव विष्णु पौडेल तथा स्थायी समिति सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्