तपाईँ सुन्दै हुनुहुन्छः

चार जना घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरुष) सिकिस्त घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो गएको क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा लगायतको टोली उद्दारका लागि आए पनि चौतारामा झरेर उद्दारका लागि सभामुखले ४ जना सेना र एक जना इन्जिनियरलाई त्यसतर्फ पठाइएको थियो । त्यस्तै रेडक्रसले पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो ।

जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा कम्तीमा ३५ बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामा चौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय पेशलाल दोङका अनुसार २ जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकोले खोज तथा उद्धारमा समस्या भएको उहाँले बताउनुभयो ।

बिहानीपख पहिरो गएकाले पहिरोमा घर पुरिएकाहरू माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

नजिकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिरोले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्ला प्रहरी कार्या

गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएका थिए । तर विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएका कारण यस्तो दुर्घटना हुन पुगेको स्थानीय आशबहादुर तामाङले बताउनुभयो । ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उहाँले भन्नुभयो े– ‘उनीहरूले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।’

तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा विस्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको हो । ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घरहरू जोखिममा परेको बताएका थियौँ’, तामाङले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button