तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ११५ संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज एक सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापामा १, उदयपुरमा १, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button