तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय धनुषावाट नागरिकता तथा राहदानीको काम बन्द

जनकपुरधाम । कोरोना महामारीका कारणले जिल्ला प्रशासन कार्यालय धनुषाले भोली देखि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि अन्य कामकाजले गर्नु पर्ने भएकाले नागरिकता तथा राहदानीको सेवा बन्द गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

खास गरेर कोरोनाका जोखम उच्च रहेकाले आम नागरिक तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको सुरक्षाका लागि पनि दुवै सेवा हालका लागि स्थगित गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषावाट अहिलेको अवस्थामा पनि १ सय देखि २ सय जनाले नागरिकता प्रमाणपत्र तथा राहदानीको सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशचन्द्र मिश्रले जानकारी दिनु भयो ।

नयाँ नागरिकता देखि प्रतिलिपि तथा राहदानी लिनेहरुको भिड दिनहु रुपमा जिल्ला प्रशासन कार्यालयमा हुने गरेका थिए । वैदेशिक रोजगारीमा जानेक्रम कोभिडका कारणले बन्द रहेपनि राहदानी बनाउने तथा नवीकरण गर्नका लागि सिफारिस लिनेहरु जिल्ला प्रशासन कार्यालयमा आउने गरेका थिए ।

जिलला प्रशासन कार्यालयले सुरक्षा सावधानी अपनाएपनि नागरिकता तथा राहदानी बनाउन आउने व्यक्ति आफै जोखिममा हुने गरेका थिए । नेपाल सरकारले पनि ५० प्रतिशत कर्मचारीमा कामकाज गर्नका लागि परिपत्र जारी गरेपछि कर्मचारीको अभाव भएकाले सो सेवा स्थगन गरिईएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनु भयो ।

तर जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, जनताको जीउँ धनको रक्षा तथा अन्य प्रशासनिक कामकाजलाई निरन्तरता दिने भएको छ । हाललाई स्थगित भएको दुवै सेवाहरु अर्को व्यवस्था नभएसम्मका लागि नखोलिने पनि सूचना मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button