नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका २ पुरुषमा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएका बारा प्रसौनी र सिमराका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि दुबैको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।
बाराको प्रसौनी गाउँपालीका पुर्व गाविस अध्यक्ष दिनेश साह कलवारको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको र कलवारको पिसीआर रिपोर्ट परीक्षणको क्रममा पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिहंले बताउनु भयो । ७० वर्षीय मृतक कलवारलाई तिन चार दिन पहिले ज्वरो आएपछि उनलाइ नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो ।
मृतक कलवारको स्वास्थ्य अवस्था बिग्रदै गएपछि बयोधा अस्पतालले आइसियु कक्षमा भर्ना गर्नुको साटो उनलाइ आज बिहान ४ बजे नारायणी अस्पतालमा रेफर गरेको थियो । यता नारायणी अस्पतालमा पनि भेन्टिलेटर खाली नभएपछि इमरजेन्सी कक्षमै कलवारको उपचार भईरहेको अवस्थामा मृत्यु भएको डा. उदय नारायण सिंहले बताउनुभयो । मृतक कलवारमा कोरोनाको लक्षण देखिएकाले आज बिहान उनको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको थियो ।
त्यसैगरी नारायणी अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएका अर्का बाराको सिमरा निवासी ५० वर्षिय पुरुषको पनि मृत्युपछि कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको डा. सिहंले बताउनुभयो । सिमरा निवासी पुरुष झाडापखालाले सिकिस्त भएपछि थप उपचारका लागी गएराति वीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्