दोलालघाट बजार क्षेत्रको होटल व्यवसाय सञ्चालन नहुने
सिन्धुपाल्चोक । काभ्रेको भुम्लु गाउँपालिकाको दोलालघाट बजार क्षेत्रको होटल व्यवसाय सञ्चालन नहुने भएको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै वडा नं ८ र ९ को दोलालघाट बजार क्षेत्रका होटल व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन बजगाईँले बताउनुभयो ।
वडा नं १० को दोलालघाटमा व्यापार गर्ने एक व्यापारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पालिकाले यस्तो निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्म साना पसलहरू समेत नखोल्न र अनावश्यक रूपमा हिड्डुल नगर्न गाउँपालिकाले अनुरोध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्