तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीलाई हस्ताक्षर गराउन क्यान बोलाईयो


काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले २०१९ को तलवका लागि त्यो बेला विभिन्न श्रेणीमा रहेका खेलाडीलाई आफ्नो नाममा हस्ताक्षर गराउन बोलाएको छ । सबै खेलाडीलाई विहीबार नै हस्ताक्षरको लागि क्यानको सिटी अफिस नक्सालमा बोलाएको हो ।

केहि दिन अगाडी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसँगको छलफलमा खेलाडीको तलव लगायतका विषयमा केहि डकुमेन्ट आवश्यक रहेको र त्यो पठाउन भनेको थियो । त्यसका लागि आइसीसीले इमेलमा आवश्यक जानकारी दिएको थियो । त्यहि आधारमा क्यानले २०१९ मा तीन श्रेणीमा रहेका खेलाडीलाई हस्ताक्षरका लागि बोलाएको हो ।

खेलाडीको हस्ताक्षर सहितको सूची आइसीसीलाई पठाएपनि एक सातामा खेलाडीले तलव पाउने संभावना रहेको छ । त्यो तलव पाएपछि फेरी क्यानले खेलाडीको नयाँ बर्गिकरणको सूची पठाउनेछ । नेपाली राष्ट्रिय खेलाडीले २०१९ मा आइसीसीबाट आउने तलव अझै पाएका छैनन् ।

यता क्यानले खेलाडीको नयाँ बर्गिकरणको काम लगभग पुरा गरेको र क्यानको बोर्ड बैठकबाट पारित गर्नेछ । कोरोनाका कारण क्यानको बोर्ड बैठकपनि भदौमा हुने भनिएपनि यकिन भने छैन । किनकी काठमाडौं उपत्यकामा पनि पछिल्लो पटक कोरोनाको महामारी निकै फेलिरहेको छ ।

त्यो बेला पुरुष क्रिकेटरका लागि तीन श्रेणीमा वर्गिकरण गरेर सम्झौता गरिएको थियो । जसमा ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button