महेन्द्रनगर मा बम फेला, सेना द्वारा निष्किृय
कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा प्रेसर कुकर बम भेटिएको छ । बुधबार राति भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।
भीमदत्त नगरपालिका–४ मा रहेको भानु पार्टी प्यालेसको दक्षिणपट्टि रहेको पसल नजिकै कुकर प्रेसर बम फेला परेको हो । महेन्द्रनगर नगर विकास समितिको जग्गामा अवैध लिज लिएर बनाइएका सयौं संरचनामध्ये निर्माण व्यवसायी देवीदत्त भट्टले बनाएको एकतले पक्की भवनमा फेला परेको बताइएको छ ।
सब्जीमण्डी रोडको भानु पार्टी प्यालेस नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको हो । बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ । विहान ७ वजे तिर बमलाई ्िनश्किृय पारिएको र बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्