तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा फुटबल खेलाडीलाई राहत वितरण

इलाम । इलाममा कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका खेलाडीलाई बिहीबार राहत वितरण गरिएको छ । जिल्ला फुटबल सङ्घ इलामले २४ जना खेलाडी, पाँच जना फिफा रेफ्रि र एक जना प्रशिक्षकलाई राहत रकम वितरण गरेको जनाएको छ ।

जनही दुई हजार पाँच सय रुपैयाँका दरले रकम वितरण गरेको सङ्घका जिल्ला अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो । इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा सङ्घले जिल्लामा रहेका १३ वटा फुटबल क्लबमा आबद्ध खेलाडी, फिफा रेफ्री र एक जना प्रशिक्षकलाई राहत रकम वितरण गरेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बाट प्राप्त राहत रकम वितरण गरिएको हो । प्रमुख अतिथि एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीलगायत सङ्घका पदाधिकारीले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

एन्फामा आबद्ध फुटबल सङ्घ गठन भएका ४८ वटा जिल्ला शाखा, काठमाडौंस्थित ’ए’, ’बि’, ’सि’ र ’डी’ श्रेणिको लिग प्रतियोगिता खेल्ने फुटबल क्लब तथा मोफसलमा प्रतियोगिताहरु आयोजना गर्ने फुटबल क्लबका खेलाडीलाई राहत रकम उपलब्ध गराउँदै आएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button