लागु औषध सहित तीन जना पक्राउ

रौतहट । रौतहट प्रहरीले प्रतिबन्धित लागु औषध ओनरेक्स सहित तीन जना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय राम बहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) लाई कोकाकोलाको बोतल भित्र प्रतिबन्धित लागु औषध ओनरेक्स र चार वटा बोतल सहित पक्राउ गरेको छ ।
पोखरा बाट सुनसरीको इटहरी जादै गरेको ग २ च ३९७५ नम्बरको कार बाट उनीहरु लाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथ बाट प्रहरीले ५० हजार नगद, ५ सय भारतीय नोटको ४५ हजार, अमेरिकन डलर एकको १६ थान र विभिन्न कम्पनीको ४ थान मोबाइल समेत बरामद गरेको जनाएको छ । निषेधाज्ञाको अवज्ञा गर्दै हिँडेका उनीहरु लाई चेक जाँच गर्ने क्रममा प्रहरीले प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्