तपाईँ सुन्दै हुनुहुन्छः

११३ कार्टुन निलो रेडबुल झापामा बरामद


भद्रपुर, झापा । सीमा सिल भए पनि भारतबाट तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीले बुधवार ठूलो परिमाणमा निलो बट्टाको रेडबुल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा खटिएको सादा पोसाकको सशस्त्र प्रहरी टोलीले बिर्तामोड बसपार्कबाट दुई वटा मारुती भ्यानसहित ११३ कार्टुन रेडबुल बरामद गरेको हो ।

इलामको पशुपतिनगर र छब्बीसे नाकाबाट तस्करीको माध्यमबाट भित्राइएको रेडबुलका कार्टुन मे १ ज ३१४७ र मे १ ज २४१५ नम्बरको मारुती भ्यानमा लोड गरी झापा ल्याइएको प्रहरीको भनाइ छ ।

दुई वटा मारुती भ्यानसहित बरामद गरिएको रेडबुलको कार्टुनहरूलाई सादा पोसाकको सशस्त्रले सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पलाई जिम्मा लगाएर फर्किएको बताइएको छ । नियन्त्रणमा लिइएको भ्यानमा ११३ कार्टुन रेडबुल रहेको र एउटा कार्टुनभित्र २४ पिस देखिएको सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पका डिएसपी वीरेन्द्र खनालले जानकारी दिए । ‘पशुपतिनगर नाकाबाट रेडबुल ल्याएको हो, यो नेपालमा प्रतिबन्धित पनि हो,’ उनले भने ।’

नियन्त्रणमा लिएका दुई वटा भ्यानका चालक पशुपतिनगरका २८ वर्षीय सञ्जय गुरुङ र सोही स्थानका २२ वर्षीय अनुपम थानी रहेका छन् । भ्यानसहित बरामद रेडबुल मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको शनिश्चरे बेस क्याम्पका डीएसपी वीरेन्द्र खनालले बताउनु भयो । रेडबुलको मूल्य ४ लाख ७७ हजार तोकिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button