मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा बिहीबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा आइसोलेसन वार्डबाट सोमबार र मङ्गलवार लिइएको स्वाब परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमित पुष्टि भएका ३७ जना मध्ये १८ जना हेटौँडा उपमहानगरपालिकाका भित्रका सर्वसाधारण रहेका छन् । कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा–९ का ७ जना, हेटौँडा–५ र हेटौँडा ४ का चार/चार जना, हेटौँडा–२, हेटौँडा–१० र हेटौँडा १३ का एक÷एक जना गरी १८ जनामा कोरोना पुष्टि भएको चौलागाईले बताउनुभयो ।
त्यस्तै, आज पुष्टि भएका अन्य भीमफेदी गाउँपालिकाका–३ जना, थाहा नगरका–२ जना, बकैया गाउँपालिकाका–२ जना, चितवन घर भएका–१ जना, काठमाडौं घर भएका–१ र १० जना नेपाल प्रहरीका रहेको चौलागाईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्