प्रेसर कुकर बम फेला

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित सब्जीमण्डी रोडमा प्रेसर कुकर बम फेला परेको छ ।
सब्जीमण्डी रोडको भानु पाटी प्यालेश नजिक झोलाभित्र राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । प्रेसर कुकर बमलाई बिहीबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
सोही क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुर नामको पर्चा समेत भेटिएको बताइएको छ । उक्त पर्चाको आधारमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्