तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ३० जना कोरोनामुक्त

नेपालगन्ज। बाँकेमा आज ३० जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलसनमा रहेका ३० जना आज कोरोनामुक्त भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकरी दिनुभयो ।

लायन्स डेण्टल अस्पताल खजुरारोड नेपालगन्जबाट १६ जना, आन्तरिक राजश्व कार्यालय नेपालगन्ज आइसोलेसनबाट राजश्व कार्यालयकै ४ जना अधिकृत, २ जना नायब सुब्बा लगायत परिवारका सदस्य समेत गरी १० जना र आदर्शनगर आइसोलेसनबाट ३ जना डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा कोरोना निको हुनेको संख्या ४ सय ३५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button