तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित बढेपछि झापाको मेचीनगरमा साताव्यापी लकडाउन

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकाले आज राति १२ बजेदेखि भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

मेचीनगरपालिकाले कोभिडको संक्रमण समुदायमा फैलिन थालेपछि संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एक हप्तालाई लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनु भयो ।

बुधबारदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे सम्ममात्र खोल्न पाउने, उद्योग, व्यापार, कलकारखाना, होटल, शैक्षिक संस्था लगायतका पसलहरु पूर्णतया बन्द गर्ने निर्णय भएको छ । औषधि पसल लगायत स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुनेछन् ।

बुधबार एक चिकित्सकसहित तीनजना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको आकस्मिक बैठक बसी लकडाउन गर्ने निर्णय गरिएको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनु भयो ।

निर्णय अनुसार अत्यावश्यक काममा नगरपालिकाले दिएको पासमा मात्र सवारी साधान चलाउन पाइनेछ भने सामाजिक दूरी राखेर कृषकर्म गर्न पाइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button