तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनमा ४७ कोरोना संक्रमित थपिए, संक्रमित सबै समुदाय स्तरको भएको पुष्टि

सर्लाही । सर्लाहीमा हिजो(मंगलवार) र आज (बुधवार) गरी ४७ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । मंगलवार थपिएका ४१ जना नयाँ कोरोना संक्रमित र बुधवार(आज) थपिएका ६ जना नयाँ कोरोना संक्रमितहरु सबै समुदाय स्तरकै रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

दुई दिनमा थपिएका कोरोना संक्रमितहरु अधिकांश मलंगवा नगरपालिकाका रहेको र बाँकी रहेको १ जना चन्द्रनगर गाउँपालिका, १ जना लालबन्दी नगरपालिका, सर्लाही घर भई काठमाडौ बस्दै आएका ३ जना ,सर्लाही घर भई सुर्खेत बस्दै आएका १ जना गरी दुई दिनमा ४७ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

४७ जना कोरोना संक्रमितहरु अस्पतालका कर्मचारीहरु, मलंगवा नगरपालिकाका कर्मचारीहरु, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु रहेका प्रमुख जिल्ला अधिकारी पौडैलले बताए । यस अघि बरहथवा नगरपालिका, लालबन्दी नगरपालिका र मलंगवा नगरपालिकामा नै समुदाय स्तरकै मानिसमा कोरोना संक्रमण देखिएको थियो ।

यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ८ सय ७२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button