तपाईँ सुन्दै हुनुहुन्छः

कोशी कोभिड–१९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

सुनसरी । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा बुधबार अपरान्ह १ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ वर्षीय पुरूषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिए ।

दम र सुगरका विरामी उनमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक विराटनगर वडा नम्बर ३ का ५७ वर्षीय पुरूष रहेको उनलाई मधुमेह र दम रहेको उनी बिधुत प्राधिकरण बिराटनगरमा प्राबिधिकको रुपमा कार्यरत अस्पतालले जनाएको छ ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारयण यादवले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button