तपाईँ सुन्दै हुनुहुन्छः

सूनको भाउ ठूलो अन्तरले घट्यो

काठमाडौं । नेपाली बजारमा उच्च दरले बढेको सुनको भाउ बुधबार एकै दिन ठूलो अन्तरले घटेको छ ।

मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भएको छ ।

एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ । यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल वृद्धि भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेको कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको कारण सुनको मुल्य घटेको व्यवसायीको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button