तपाईँ सुन्दै हुनुहुन्छः

‘विभिन्न स्थानमा ६ वटा करदाता सेवा कार्यालय सञ्चालनमा’

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको हालसम्म देशका विभिन्न स्थानहरुमा ६ वटा करदाता सेवा कार्यालयहरु संचालनमा ल्याएको जनाएको जनाएको छ ।

कतिपय स्थानमा साउन १ गते देखि र कतिपय त्यसपछि गरी करदाता सेवा कार्यलय स्थापना गरेको र त्यसबाट सम्बन्धीत जिल्लाका करदाताहरुलाई करको दायरामा ल्याउन र सहज सेवा उपलब्ध गराउन सहयोग पुगेको विभागले जनाएको छ ।

नयाँ स्थापना भएका करदाता सेवा कार्यालयमा बर्दिया ओखलढुंगा, पुतलीबजार स्याङजा, तैलिहवा कपिलवस्तु, प्युठान र सल्यान रहेका छन् । विभागले यस आर्थिक वर्षमा थप १९ वटा करदाता सेवा कार्यालय सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button