रुग्ण उद्योग सम्बन्धमा सुझाव दिन गठित कार्यदलद्वारा काम शुरु
काठमाडौं । सरकारद्धारा रुग्ण उद्योग सम्बन्धमा सुझाव दिन गठित कार्यदलले बुधवारदेखि काम शुरु गरेको छ ।
बुधवार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले कार्यदललाई निर्देशन दिनुहुदै दिइएको जिम्मेवारी अनुसारको विषयमा विस्तृत अध्ययन गरी समयमा प्रतिवेदन बुझाउन आग्रह गर्नु भयो ।
कार्यदललाई मुलुकभरका रुग्ण उद्योगहरुको अवस्था, तिनीहरुको सञ्चालन के कसरी गर्ने र त्यसका लागि केकस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिने जिम्मेवारी दिइएको कार्यदलका सदस्य सचिव मन्त्रालयका सहसचिव नारायण रेग्मीले जानकारी दिनु भयो ।
कार्यदलले चार महिनाको अवधीमा देशभरका रुग्ण उद्योगहरुको अवस्थाको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।
कार्यदलका सदस्यहरुले बुधवारै नियुक्ति समेत लिनु भएको छ । पूर्व सचिव दिपक सुवेदीको संयोजकत्वको कार्यदलमा डा गोपाल भट्ट, चार्टड एकाउनटेण्ट कृष्ण आचार्य र पूर्व सहचिवहरु राममणि दुवाडी र जीवराज कोइराला रहनु भएको छ भने सदस्य सचिवमा मन्त्रालयको औद्योगीक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायण रेग्मी रहनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्