तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा थप ४८ जनामा कोरोना संक्रमण

सुनसरी । प्रदेश १ मा आज ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरू मध्ये ३८ जना पुरूष र १० जना महिला रहेको सामाजिक विकास मन्त्रालयले कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश १ स्थायी ठेगाना नभएका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय ७८ जनामा पिसिआर परिक्षण गरिएको प्रदेश १ मा हाल सम्म स्थाइ ठेगाना प्रदेश १ रहेका १५९८ जना र प्रदेश १ बाहिरका १३ जनामा कोरोना संक्रमय पुष्टि भएको छ । हाल २ सय ५९ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button