तपाईँ सुन्दै हुनुहुन्छः

मंगलसैन नगरपालिकाको नयाँ भवन निर्माण सम्पन्न

अछाम । अछामको मंगलसेन नगरपालिकाको नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भएसंगै नगरले स्वामित्व ग्रहण गरेको छ ।

निर्माण कम्पनी रोयल कन्ट्रक्सनको तर्फबाट निर्माण व्यवसायी जयबहादुर साउदले मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरालाई भवनको साँचो हस्तान्तरण गरेपछि नगरपालिकाले स्वामित्व ग्रहण गरेको हो ।

नगरपालिका भवनको जम्मा ४ करोड ९२ लाखको लागतमा निर्माण सम्पन्न भएको भवन निर्माण सम्पन्न भई स्वामित्व ग्रहण गरिसके पश्चात नयाँ भवनबाट सेवा प्रवाहको प्रक्रिया सुरु गरिने नगरप्रमुख बोहराले बताउनुभयो ।

अब छिट्टै नगरपालिका नयाँ भवनमा सरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाईने उहाँको भनाई छ ।

नगरप्रमुख बोहराले नव निर्मित भवनको निरिक्षण पश्चात भवनको साँचो बुझ्दै समयमै भवन निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेकोमा निर्माण ब्यावसायी जयबहादुर साउदलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button