पत्रकार बानियाँ मृत फेला

काठमाडौं– कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरको सिस्नेरीमा फेला परेको छ ।तीन दिनदेखि बेपत्ता पत्रकार बानियाँको शव सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । ‘तीन दिनअघि उहाँ बेपत्ता भएको उजुरी आएको थियो,’ उहाँले भन्नुभयो, ‘सिस्नेरीमा शव भेटिएको छ, पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।’
दुई दशकभन्दा लामो समय कान्तिपुर दैनिकमा काम गर्नुभएका बानियाँ २०६५ मा केही समय नागरिक दैनिकमा आबद्ध हुनुहुन्थ्यो ।तनहुँ निवासी बानियाँ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्