चीनद्वारा सिन्धुपाल्चोकलाई ठुलो मात्रामा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुपाल्चोक। कोरोना महामारीको समयमा चिनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठुलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधवार मितेरी पुलमा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको लागि २८ सय पि पिइ सेट सहित पाँच हजार मेडिकल ह्याट तथा जुत्ता कभर, पन्जा दुई हजार थान सहयोग गरेको हो । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार थान, आइसोलेसन मास्क दुई हजार थान, एन नाइन्टीफाइफ मास्क र मेडिकल माक्स पनि पाँच हजार थान दिएको हो ।
चिनिया सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगको लागि भिटीएम दुई हजार थान र पिसीआर रिएजेन्ट दुइहजार थान समेत सहयोग स्वरुपल उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेको अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोग मध्येकै ठुलो सहयोग गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।
नेलम काउन्टीका समकक्षीसँग आफूले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सङ्ख्यामा प्राप्त पि पिइ सेट तथा श्वास सङ्कलन गर्ने सामग्री र पिसीआर एजेन्ट समेत सहयोग पाउँदा जिल्लालाई ठुलो राहत मिलेको ढकालले बताउनुभयो । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।
प्रजिअ ढकालका अनुसार बुधवार तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका कार्यालय प्रमुख लालबहादुर खत्रीले सो सामाग्री बु भनुभएको हो । मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पुरा गर्न र त्यसलाई निर्मलीकरण गर्न समेत एकदुइ दिन लाग्नेछ । त्यसपछि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा जिल्लामा आवश्यक परेको ठाँउमा तुरुन्तै ती सामग्रीको परिचालन गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्