तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित जनकपुरधामका पूर्व नगरप्रमुख गिरीको मृत्यु

जनकपुरधाम । जनकपुरधामका प्रसिद्ध होटल व्यवसायी तथा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख कृष्ण गिरीको गए राति मृत्यु भएको छ । उहाँ कोरोना संक्रमित हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसका पूर्व धनुषा जिल्ला कोषाध्यक्ष समेत रहनु भएका गिरी जनकपुरधाममा कोरोनाले संक्रमित भएपछि उपचारका लागि काठमाडौंको मेडिसीटी हस्पिटलमा भर्ना भएर विगत २० दिनदेखि उपचारमा रहनु भएको थियो । उहाँको गए राती १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

७४ वर्षका गिरी मधुमेह, मुटुरोगी समेत रहनु भएको थियो । लामो समयदेखि उक्त रोगको उपचार गर्दै औषधि सेवन गर्दै आउनु भएका गिरी जनकपुरधामको पुराना रामा होटलका सञ्चालक हुनुहुनथ्यो ।

पूर्व नगरप्रमुख गिरी पञ्चायत कालमा जनकपुरधामको प्रधानपञ्चमासमेत निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button