मौरीको व्यवसायीकरण गर्दै तानसेन

पाल्पा । तानसेन नगरपालिकाले वातावरणीय सन्तुलन कायम राख्न र वाली उत्पादनमा प्राकृतिक तहबाट वृद्धि गर्नका लागि मौरी पालन व्यवसायलाई व्यवसायीकरण गर्ने भएको छ ।
खाद्यान्न तथा तरकारी वालीमा विषादीको प्रयोग बढेका बखतमा विषादीको प्रयोगलाई न्युनीकरण गरी वातावरण स्वच्छ बनाउने उदेश्यले मौरी पालन व्यवसायलाई अगाडी बढाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासेले बताउनुभयो ।
मौरी पालनका लागि हावा पानी तथा भौगोलीक हिसाबले नगरका धेरै वडाका वस्तीहरु अत्यन्त उपयोगी भएको र एक पटकको लगानीबाट दिर्घकालिन रुपमा आम्दानी लिन सकिने भएकोले उन्नत घारमा स्थानिय सेरना जातको मौरीलाई व्यवसायी करण गर्न खोजिएको उहाँले बताउनुभयो ।
त्यसोत नगरको वडा न. ८ मा मौरीको श्रोत केन्द्र नै छ । त्यसै गरी वडा न एकमा मौरी पालन समूह छ । यहाँ प्रकृतिकरुपमो मौरी पालनको धेरै संभावना छ र यस क्षेत्र वरपर विषादीको प्रयोग त्यति साह्रो हुने गरेको छैन । पराग सेचनको माध्यमबाट वाली उत्पादनमा समेत २५ प्रतिशतसम्म वृद्धि हुने र महको बजार खोज्न नपर्ने भएकोले मौरी पालनलाई अगाडि बढाएको नगरका कृर्षि प्राविधिक सरोज तिल्मिसेनाले बताउनुभयो ।
अहिले यहाँ स्थानीय श्रोत र साधनको प्रयोग तथा उपयोग गरी स्थानीय घारमा मौरी पालन गरेका कृषकहरुलाई अघिल्लो आर्थिक वर्षको बजेटबाट ९० बटा आधुनिक घार वितरण गरिएको छ ।
यस आर्थिक वर्षमा मौरी गाला, आधार चाका , मह मदानी , जस्ता बस्तु वितरण गरिने र कृषकहरुलाइ सस्थागत र समुहमा रुपान्तर गरी नगर तहको संजाल गठन गरी प्रयाप्त मात्रमा प्रविधि हस्तातरण गरिने उहाले बताउनुभयो ।
‘मौरी पालनका लागि तानसेनमात्र नभई समग्र जिल्ला नै उपयोगी हो । यसका लागि धेरै जमिन चाहिँदैन । सहरी क्षेत्रमा समेत घरको छतमा पालन गर्न सकिने भएकोले यसप्रति कृषकहरुको आर्कषण बढ्दै गएको’ तानसेन एक बराङदीका अगुवा कृषक ठाकुर ध्वज कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्