तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ओरियन्स कम्पनीका १८ लाखको अवैध सामान बरामद

भद्रपुर, झापा । भन्सार छलेर भित्र्याइएको भारतीय ओरियन्स कम्पनीका १८ लाख रुपैयाँभन्दा बढीको सामान झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मंगलबार साँझ मेचीनगर नगरपालिका–१५ हेल्दुबारीबाट ती सामान नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार १८ लाख ७९ हजार छ सय मूल्य बराबरको ९ सय ८२ बट्टा सामग्री नियन्त्रणमा लिईएको हो । सोही स्थानबाट ६८ हजार मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी समेत बरामद गरी मंगलबारै भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।

भारतीय कम्पनी ओरियन्सले विवभन्न १८ किसिमका उतपादन नेपालमा बिक्री गर्न पाउने गरी औषधी व्यवस्था विभागमा दर्ता गराएको भए पनि भन्सार छलेर भित्र्याइका कारण नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button