तपाईँ सुन्दै हुनुहुन्छः

कराँतेको प्रशिक्षण तत्कालका लागि स्थगित हुने

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि आसन्न टोकियो ओलम्पिकको तयारीमा रहेको कराँतेको प्रशिक्षण तत्कालका लागि स्थगित हुने भएको छ ।

कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले विज्ञेप्ती निकाल्दै खेलकुद क्षेत्रका ब्यक्तिलाई पनि कोरोना देखिएपछि हालका लागि प्रशिक्षण राक्नुपर्ने अवस्था आएको बताएका छन ।

अहिलेको अवस्थामा खेल क्षेत्रमात्र नभई सबै नागरिक सचेत हुनुपर्ने अवस्थाले गर्दा नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातदोबाटो कराँते एकेडेमीमा प्रशिक्षणरत रहेका कराँते खेलाडीको प्रशिक्षण (मंगलबार) बाट बन्द गर्ने बताइएको छ ।

कराँतेले राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा असार सात गतेबाट प्रशिक्षण सुरु गरेका थिए । टोकियो ओलम्पिक छनोटको तयारीमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेजा नवीन रसाइली र अनु अधिकारीले सातदोबाटो स्थित कराँते प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहेका थिए ।

कराँते खेलाडी अनु अधिकारीले पनि बढ्दो संक्रमणकै कारण आज (मंगलबार) को प्रशिक्षण समेत स्थगित भएको बताइन् । उनले अल्टरनेटिभ रुपमा साताको चार दिन प्रशिक्षण हुँदै आएपनि मंगलबरदेखि नै स्थगित भएको बताइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button