तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय फुटबल टिमका थप २४ खेलाडीको कोरोना परीक्षण

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका थप २४ खेलाडीको कोरोना परीक्षण गरिएको छ ।

लगनखेलस्थित पाटन अस्पतालमा मंगलबार थप २४ खेलाडीको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यससँगै प्रशिक्षणमा सहभागिता जनाउने कुल ३५ खेलाडीको कोरोना परीक्षण गरिएको छ ।

यस अघि एन्फाले सोमबार ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परीक्षण गरेको थियो । यस्तै एन्फाले मंगलबार ६ अफिसियलको पनि कोरोना परीक्षण गरिएको जनाएको छ ।

विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । जसको लागि एन्फाले खेलाडीको कोरोना परीक्षण गरेको हो ।

फिफा विश्वकप २०२२ छनोट अन्तर्गत आगामी दिनमा नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रंगशालामा हुने तीन खेल असोज र कार्तिकमा आयोजना हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button